सुर्खेतमा भायानेटले ल्यायो नयाँ अफर


सुर्खेतमा भायानेटले आफ्नो ग्राहकहरुको लागि नयाँ अफर ल्याएको छ । अन्य ईन्टरनेट सेवा प्रदायक कम्पनिहरुको प्रतिस्प्रधा भैरहेका बेला भायानेटले बिभिन्न अफरहरु ल्याउने गरेको छ । बिभिन्न समयमा फरक फरक अफरहरु ल्याउँदै आएको भायानेटले यो पटक सस्तो दरमा ईन्टरनेट सेवा दिने भन्दै सस्तो र सुलभ दरमा २ दिने ईन्टरनेट सेवा ल्याएको बताएको छ । आगामि मंसिर २१ र २२ गतेका दिन vianet communication ltd सुर्खेतले दैनिक रु १६.४३ मा unlimited इन्टरनेट सेवा दिने बताएको छ ।

भायानेट सुर्खेतका शाखा प्रमुख डिकेन्द्र थापाका अनुसार यो अफर २ दिनसम्म चल्नेछ । र बुकिंग खुल्ला गरिसकिएको छ । प्रतिदिन ५० mbps स्पिडको ईन्टरनेट दैनिक १६.४३ पैसाको हिसाव गर्दा बार्षिक ६००० रुपैया ग्राहकले तिर्नु पर्ने हुन्छ ।
ग्राहकले तिरेको ६००० रुपैयामा पनी ५०० रुपैया उहाँहरुकै धरौटीका रुपमा जम्मा हुने छ र त्यो पैसा ग्राहकले अवधी सकिएका बेला फिर्ता लिन सक्ने छन ।

थापाले भने हामीले अग्रिम बुकिगं खुल्ला गरिसकेका छौ र यो अफर लिन चाहने ग्राहकहरुसंग सम्झौता पनी सुरु गरिसकेका छौ । हामी तत्काल यो सेवा उहाँहरुलाई दिने तयारीमा छौ । उनले भने हामीले यो सेवा दिनका लागि निम्न सम्पर्क नम्बरहरु सार्वजनिक पनी गरेका छौ र ग्राहकहरुले कल गरेका खन्डमा घरमै गएर पनी यो सेवा दिनेछौ ।

सम्पर्क नंः ९८२०१०९२७९, ९८२०१०९२७७, ९८०२३४२५११,९८२०१०९२८१, ०१५९७०४४४,