सुर्खेतमा आदिवासी जनजाती आयोगको आयोजनामा अन्तरक्रीया कार्यक्रम


सुर्खेत । वीरेन्द्रनगर सुर्खेतमा आदिवासी जनजातिको आयोजनामा अन्तरक्रीया कार्यक्रम सम्पन्न भएको छ । आयोगका सदस्य माननिय रिना राना, माननिय सदस्य सुर्य गुरुङको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा आयोगको काम, कर्तव्य र अधिकारका खण्डमा आदिवासी जनजातिको समग्र स्थितिको अध्ययन गर्ने सम्बन्धी नीतिगत कानुनी र संस्थागत सुधारका विषयमा सरकार समक्ष सिफारीस गर्ने, भाषा, लिपि, संस्कृति, इतिहास, पराम्परा, साहित्य, कलाको अध्ययन अनुसन्धानका लागि सिफारीस गर्ने, पुरातात्विक र ऐतिहासीक संरचना, बस्तु र स्थलको संरक्षण गर्न नेपाल सरकारलाई सिफारीस गर्ने, आयोगका कर्मचारीहरुका लागि आचार संहिता लागु गर्ने तथा आयोगको बार्षिक योजना तथा कार्यक्रम स्वीकृत गर्ने सम्मका विषयहरु समेटिएको पनी आयाेजकले बताएका छन् ।

नेपाल मगर संघ प्रदेशका मुख्य सचिव डम्मर गरंजाले भने “मगर भाषालाई सरकारी भाषाको दाेश्राे रुपमा लिने भनिएतापनी कार्यान्वयन भने हुन सकेको छैन । यसमा सरकारको ध्यान आर्कषण हुनुपर्छ” । उनले भने महिला, आदिवासी जनजाती, दलितहरुको कोटा न्युन मात्रामा खुल्छ । सबैले पाउने अधिकारमा एकरुपता हुनुपर्छ ।

कार्यक्रममा नेपाल आदिवासी जनजाती महासंघका अध्यक्ष विर बहादुर भोटे, अशोक राजी, नेपाल मगर संघका अध्यक्ष डिल बहादुर वंशी, नेपाल मगर संघ प्रदेशका मुख्य सचिव डम्मर गरंजा लगाएत राजी, भोेटे, खाम्पा, कुमाल र थारु समुदाएका अगुवाहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको थियो ।