सुर्खेत चिङ्गाड गाँउपालिकाकाे ठाटी बजारमा भव्य मेला शुरू

सुर्खेत चिङ्गाड गाउपालिकाकाे ठाटिबजारमा भव्य मेला सुरू भएकाे छ । याे मेला मंसीर पुर्णामाकाे दिनदेखि पाँच दिनसम्म लाग्ने आयाेजक समितीले जनाएकाे छ । चिङ्गाड गाँउपालकाकाे वडा नम्बर ३ र ४ काे सिमानामा पर्ने ठाटी बजारमा मेला सुरू भएकाे हाे । सुर्खेत दैलेख र जाजरकाेटकाे केन्द्रमा पर्ने मटेला बजारमा स्थानीय कलाकारहरूकाे प्रस्तुतीका साथै गाउपालिका लगाएत अन्य स्थानहरूबाट समेत विभिन्न झाक्रीहरूकाे सहभागिता रहेकाे थियाे । पंचेबाजा, सिंगारू, लहरे खेल, गर्रा नाच आदी झाक्रीहरूले आफ्नाे कला प्रस्तुत गरेका थिए । ती मध्ये उत्कृष्ट झाक्रीहरूलाई गाउँपालिकाले पुरस्कृत गर्ने जनाएकाे छ ।अत्याधिक सहभागीकाे चाप भएपछी ब्यबस्थापन समिती र प्रहरीलाई भिड कन्ट्राेल गर्न सकस परेकाे थियाे ।

सहभागी सबै झाक्रीहरूले देउती बज्यै मन्दिरकाे परिक्रमा गरि आ-आफ्नाे स्थान तर्फ लागेका थिए । अत्याधिक मानिसहरूकाे सहभागिताले आफुलाई एकदमै उत्साहित बनाएकाे र भएका कमी कमजाेरीलाइ सच्याउदै आगामी दिनमा अझै ब्यबस्थीत र सभ्य बनाउदै लैजाने मेला ब्यबस्थापन समितीका अध्यक्ष महेश जिसीले बताए । उनले भने ”मानिसहरूकाे सहभागीता धेरै हुन्छ , टाढा टाढा बाट आउँछन् , उनिहरूलाई ब्यबस्थापन गर्न आर्थिक समस्या पर्ने भएकाले नागिरिककाे आस्थासंग जाेडिएकाे मेलालाई स्थानिय तहले बजेट ब्यबस्थापन गरेर लैजान आवश्यक देखेकाे छु र यसका लागि पहल पनि गर्छु” ।