जाजरकोटको पुर्न र्निमाणमा नेकपा एमाले

नेकपा एमालेले जाजरकोटको भुकम्प पिडितहरुका लागि भन्दै पुर्ननिमार्णमा देशैभरबाट आफ्ना नेता तथा कार्यकर्ता खटाएको छ । एमालेका बिभिन्न भातृसंगठनहरुलाई अनिवार्य पुर्ननिर्मांणमा खटिन ह्वीप लगाएको एमालेले अहिले ११०० नेता कार्यकर्ता फिल्डमा खटाएको कर्णाली प्रदेशका तर्फबाट सुर्खेतबाट जाजरकोट पुगेका यूवा नेता धु्रव थापाले जानकारी दिए ।

बिभिन्न समुहमा बाँडिएर काम गर्दै गरेका पे२ समुहका टिम लिडर मोहन बडुवालले भने हामी २३ जनाको समुहले २४ घर पन्छाउने. काम सम्पन्न गरेका छौ । भेरी त्रिवेणी मावी भेरी नगरपालिका १ रिम्नाको ६ कोठे भवन पन्छाउने काम गरेका छौ । अब २ ओटा टहरा निर्माणको काम समेत सम्पन्न गरिसकेका छौ । अझै आवश्यकता अनुसार टिम परिचालन हुने छ ।

त्यस्तै प १ ग्रुपका कमान्डरका रुपमा भेरी नगरपालिका १ जाजरकोट रावतगाँउ र पिपे भन्ने स्थानमा खटिएका नेकपा एमालेका नेता गंगाराम तिमिल्सेनाले आफुहरुले २७ ओटा घर पन्छाउने र सोको ब्यवस्थापन गर्ने जिम्मा आएको र हाल सम्म ५ ओटा घर बनाई सकेको बताए ।

उनले भने हामी पार्टीका तर्फबाट खटिएका त हौ नै तर यहाँ राजनिती गर्न खटिएका होईनौ । जनताका सुख दुःखमा मल्हम लगाउन खटिएका हौ । कसैले यसलाई राजनिती बुभ्mछ भने म त्यो चेत भएका हरुलाई आब्हान र आग्रह गर्न चाहन्छु । तिमीहरु पनी यस्तै राजनिती गर र यहाँ घरबार बिहीन भएकाहरुका पुर्ननिर्माणमा जुट ।

यूवा नेता ध्रुव थापाका अनुसार पुर्ननिर्माणमा खटिएको टिमले १७ गते सम्म काम गर्ने छ र पार्टीको निर्देशन अनुसार त्यसपछीको योजना तय गर्ने छ ।