अशक्त बृद्दालाई बोकेर गाँउपालिकाका अध्यक्ष दौडिएपछी

This image has an empty alt attribute; its file name is 375700747_333494822868975_3577825630822150030_n-edited-1.jpg

राहत बितरणका बेला सबै नागरिकहरु राहत बितरण स्थलमा दौडिएपछी बारेकोट गाँउपालिकाका अध्यक्ष बिर बहादुर गिरी पनी एक जना बृद्ध महिलालाई हातमै बोकेर राहत बितरण स्थलमा पुगेका छन् । ८० बर्षकी गगनी घर्ती राहत बितरण स्थलमा पुग्न नसक्ने देखेपछी उनले हतार हतार उनलाई उठाएर त्यहाँ पुगेको बताएका छन् ।

अध्यक्ष गिरीले भने “त्यस्तो धेरै चर्चा गर्नु पर्ने काम त होईन । नजिकै राहत बितरण हुदै थियो । पुग्न सक्नेहरु पुगी सकेका थिए । त्यसबेला उनी पनी राहत प्राप्त गर्नबाट नछुटुन भनेर त्यहाँ सम्म लगिदिएको मात्रै हुँ ।”

उनले भने “भुकम्प गयो, नागरिकहरु क्षणभरमै घरवार बिहिन भए । रातको समय चिसो मौसममा भुकम्पले बारिमा पुर्‍याईदिएका नागरिकको जिवनको सुरक्षा गर्नु मेरो दायित्व सम्झेर पिडितहरुको वरी परी घुमिरहेको छु । अहिले उनिहरुलाई के आवश्यक पर्छ त्यसैको जुगाडमा जुटेको छु । चिसो अत्याधिक छ मेरा नागरिकहरु बारीमा छन् । घरमा बस्न सक्ने अवस्था छैन । पुर्ननिर्माणको काम त छदै छ यो चिसोमा ज्यान जोगाउनका लागि दौडिनु पर्ने अवस्था छ । तै पनी हरेक पिडित नागरिकको घर दैलोमा पुगेर जे हुन्छ सहौला, जसो हुन्छ खाउला, सुख दुःख गरौला भन्दै सान्त्वना दिने गरेको छु ।”