एमबिबिएस ईन्ट्रान्समा सुर्खेत साउथ एसियनका शंकर पुर्णछात्रबृत्तीमा नाम निकाल्न सफल

चिकित्सा शिक्षा आयोगले एमबिबिएस अध्ययनका लागि लिएको ईन्ट्रान्स परिक्षामा सुर्खेतको साउथ एसियन स्कलर्स एकेडेमीका शंकर प्रसाद चौलागाई पुर्णछात्रबृत्तीमा नाम निकाल्न सफल भएका छन् । उनि कर्णालीबाटै पुर्णछात्रबृत्तीमा नाम निकाल्न सक्ने एक मात्र बिद्यार्थी भएको बिद्यालयले जनाएको छ ।

उनि लगाएत साउथ एसियन स्कलर्स एकेडेमीमै अध्ययन गरेका गौरव पंगाली, बिनोद अधिकारी, किरन खनाल, करुणा वाग्ले, झरना बडुवाल, राजन गैरे, भुपेन्द्र ढकालले समेत अध्ययनका लागि नाम निकाल्न सफल भएका छन् ।
ईन्ट्रान्स परिक्षामा १६००० बिद्यार्थी सहभागी भएका थिए जसमध्य हाल ३५०० जनालाई मात्रै अध्ययन गराईने छ । चिकित्सा शिक्षा आयोगले एमबिबिएस अध्ययनका लागि छनौट भएका बिद्यार्थीलाई बिभिन्न शैक्षिक संस्थामा अध्ययनका लागि पठाउने गर्छ ।

एकेडेमीका कार्यकारी निर्देशक छत्र बडुवालले भने हामी हाम्रा बिद्यार्थीको यो सफलता देखेर अत्याधिक खुसी भएका छौ । हामी केही दिनमै उहाँहरुलाई सम्मान पनी गर्ने छौ । उनले भने यो सम्मानले हामी बिद्यालय परिवार र शिक्षकहरुलाई खुसी साट्ने अवसर मिलाउने छ भने बिद्यालयमा अध्ययन गरिरहेका बिद्यार्थीहरुलाई अध्ययनमा रुची र लक्ष्य प्राप्तीका लागि हौसल्ला प्रदान गर्ने छ ।

बडुवालले भने बिद्यार्थीको यो सफलताले साच्चीकै हाम्रो मेहनतलाई समाजमा देखाईदिएको छ । हामीले बिद्यार्थीहरुलाई कस्तो खालको र कुन लेवलको शिक्षा प्रदान गर्न सकेका रहेछौ भनेर छर्लंगै पारिदिएको छ ।