भुकम्प प्रभावित क्षेत्रको पुर्ननिर्माणका लागि नेकपा एमालेकाे स्वंसेवक टोली जाँदै

नेकपा एमाले सुर्खेतले १५० जनाको टोली भुकम्पबाट प्रभावित भएकाहरुलाई पुर्ननिर्माणमा सहयोग गर्नेगरी जाजरकोटतर्फ खटाएको छ । नेकपा एमालेले कर्णाली प्रदेश कमिटी सचिव धुर्वकुमार शाहीको नेतृत्वमा उक्त टोलीलाई १७ गतेसम्म पुर्ननिर्माणमा खटिने गरी पठाएको नेपका एमालेका जिल्ला उपसचिव घनश्याम पान्डेले जानकारी दिए ।
उनले भने खासगरी १० दिनका लागि भनेर योजना बनेपनी १७ गते बिदाई कार्यक्रम रहेको हुँदा त्यतीबेला सम्म स्वंयसेवक टोली फिल्डमै काम गर्ने छ ।

पान्डेका अनुसार कर्णाली प्रदेशबाट १५०, अन्य जनसंगठनबाट ४०० र बिभिन्न प्रदेशबाट गरेर ११०० स्वंसेवक खटाउने नेकपा एमाले केन्द्रिय कार्यालयले निर्णय गरेको छ । सोही योजना अनुसार सुर्खेतबाट पनी पुर्ननिर्माणका लागि टिम प्रभावित क्षेत्रमा आज पठाईएको हो ।

कर्णाली लगाएत अन्य क्षेत्रबाट स्वेयसेवाका लागि प्रभावित क्षेत्रमा खटिएकाहरुको ब्यवस्थापन, निर्देशन र खटनपटनका लागि पार्टीले कर्णाली प्रदेश अध्यक्ष गुलाव जंग शाहलाई खटाएको उनले जानकारी दिए ।

पान्डेका अनुसार देशै भरबाट पुर्ननिर्माणका लागि खटिएका ११०० जना स्वंयसेवकहरुको नेतृत्व पाटीका पोलिटब्यूरो सदस्य तथा जिफन्टका केन्द्रिय अध्यक्ष बिनोद श्रेष्ठ र पार्टी केद्रिय सदस्य बिपद ब्यवस्थापन तथा स्वंव सेवक बिभागका ईन्चार्ज किरण पौडेल गर्नेछन ।

पुर्ननिर्माणमा खटिएको सम्पुर्ण टोली र ति स्वंयसेवकले गरेको कामको निरिक्षण र समापन गर्न नेकपा एमालेका केन्द्रिय अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मावली १७ गते प्रभावित क्षेत्रमा आउने र स्वंयसेवकहरुलाई प्रमाण पत्र समेत बितरण गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए ।