
शिखर ईन्सोरेन्सले आफ्नो १९ औ स्थापना दिवसका अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
स्थापना दिवसका अवसरमा ईन्सोरेन्सले हरेक बर्ष रक्तदान गर्ने गरेको इन्सोरेन्सले देशै भर ११६ वटा शाखामा एकसाथ रक्तदान कार्यक्रम गरेको जनाएको छ ।


मंसिर २ गते बार्षिक उत्सव भएपनी अहिले जाजरकोट र रुकुम पश्चिममा भुकम्प गएको र सो भुकम्पमा परी घाईते भएका भुकम्प पिडितहरूलाई रगतको अभाव नहोस भनेर अगाडि नै कार्यक्रम संचालन गरिएको कणर्ाली ईन्चार्ज ऋषीराम पाण्डेले जानकारी दिए ।
रक्तदानका अवसरमा बोल्दै प्रदेश प्रमुख गणेश जोशीले न्यूनतम ६० पिन्ट रगत संकलन गर्ने लक्ष्य राखिएको र धेरै साथीहरूको उपस्थितीले आफुलाई उत्साहित बनाएको बताए ।


रक्तदानमा दाताहरुले दिएको ब्लड रेडक्रस सुर्खेतलाई हस्तान्तरण गरिने शाखा ईन्चार्ज नवराज ढुङ्गेनाले जानकारी दिए ।