महिला शसक्तीकरण मञ्च नेपाल दैलेख द्धारा कानुनि सचेतना कार्यक्रम संचालन

महिला शसक्तीकरण मञ्च नेपाल दैलेखले कानुनी स्वंए सेवक परिचालन गरी कानुनि सचेतना कार्यक्रम संचालन गरेको छ ।
कालिकोटको खाँडाचक्र नगरपालिका, दैलेखको नौमुले गाँउपालिका र आठबिस नगरपालिकामा कार्यक्रम संचालन गरिरहेको मञ्चले कार्तिक २२ गते आठबिस नगरपालिका वडा नम्बर २ का स्थानियहरुका बिचमा कानुनी सचेतना कार्यक्रम संचालन गरको थियो ।

सहभागिहरुले कानुनी सचेतना कार्यक्रमले आफुहरुलाई धेरै कुरामा सचेत बनाउनुका साथै कानुनको पालना कसरी गर्ने भन्नेकुरा राम्रो संग बुझाएको बताए । पहिला कनुन नबुझेर परिवार भित्रहुने घरेलु हिंसा जस्ता कुराहरु सहेर बस्ने अवस्थामा भएकाहरुलाई यो कार्यक्रमले न्यायिक समितिमा जाने र कानुनी उपचार खोज्न सिकाएको सहभागी सिता सुनारले बताईन ।

कार्यक्रममा सहभागी वडा सदस्य कान्त प्रसाद रिजालले न्यायमा पहुच अभिबृद्धी कार्यक्रम समुदायकालागि आवश्यक कार्यक्रम भएको र महिला शसक्तीकरण मञ्चले कुन घटनाको कानुनी उपचार कसरी खोज्ने र काँहा जाँने भन्ने बिषयमा कार्यक्रम चलाएर स्थानियहरुलाई सचेत र जानकारी दिने काम गरेको प्रति आभार ब्यक्त गर्दै यो कार्यक्रम अझै पनी निरन्तर संचालन गरिदिनका लागि अनुरोध गरेका थिए ।

कानुनका बिषयमा नबुझेका ग्रामिण भेगका बासिन्दालाई कानुनि प्रशिक्षण दिएर बहुत राम्रो काम गरेको र अझै टोल टोलमा यो खालको प्रशिक्षण गर्न आवश्यक रहेको सहभागीले बताएका थिए ।

कार्यक्रममा सहभागी यूएनडिपी एटुजेट आउटरिच अफिसर ईमान बहादुर सुनारले बिभिन्न बस्तीहरुमा गएर अनुगमन समेत गरेका थिए । महिला शसक्तीकरण नेपालले संचालन गरेको कार्यक्रमले स्थानियहरुलाई कानुनका बारेमा के सिकाएको छ र स्थानियहरुले के बुझेका छन भन्ने बिषयमा छलफल समेत गरेका थिए । साथै भेला भएका स्थानियहरुसंग कार्यक्रमका बारेमा प्रतिक्रिया समेत लिएका थिए ।

कार्यकारी निर्देशक लक्ष्मी जिसीले संचालन गरेको कार्यक्रममा बोल्दै महिला शसक्तीकरण मञ्च नेपालकी अध्यक्ष सुनिता चन्दले कार्यक्रममा धेरै जनाको उपस्थित हुँदा आफु उत्साहित भएको बताउनु भएको थियो । उहाँले भन्नुभयो यो कार्यक्रम तपाईहरुका लागि हो । यसले तपाईहरुलाई कानुनी कुराहरु कति बुझाउन सक्यो ? तपाईहरुका बिचमा कति प्रभावकारी बन्यो सुझाव दिनु होला । हामी सधै तपाईहरुलाई कानुनका बिषयमा बुझाउनका लागि तयार छौ र कानुनी सचेतक पनी परिचालन गरेका छौ ।