गंगामाला देउती बज्यै युवा क्लव द्वारा भुकम्प पिडितलाइ राहत बितरण

गंगामाला देउती बज्यै युवा क्लव विरेन्द्रनगर 11 सुर्खेतले भुकम्प पिडितहरूलाइ राहत बितरण गरेकाे छ । राहत बितरणका लागि सुर्खेतबाट जाजरकाेट पुगेकाे टाेलीले बारेकाेट गाँउपालिका वडा नं.८ स्थित सेफुखाेलामा राहत बितरणा गरेकाे हाे ।

सदरमुकाम अासपासका क्षेत्रमा जाे काेही पनी पुग्न सक्ने र सबैकाे ध्यान सदरमुकाम केन्द्रित हुने भएकाले बिकट ठाउमा राहत बितरण गरिएकाे क्लवले जनाएकाे छ ।

क्लवले राहत स्वरूप २६ बोरा चामल, २६ बोरा पिठो, २ बोरा नुन, ३ पेटि तेल, ३ पेटि साबुन, २ बोरा चिउरा, ५ पेटि चाउचाउ बितरण गरेकाे हाे ।