सुर्खेत संयुक्त यातायात प्रा.ली. द्धारा भुकम्प पिडितलाई राहत हस्तान्तरण


सुर्खेत संयुक्त यातायात प्रालीले भुकम्प पिडितहरुका लागि पाँच लाख बराबरको खाद्यन्न राहत हस्तान्तरण गरेको छ । प्रालीले भेरी नगरपालिका जाजरकोट र सानो भेरी रुकुम पश्चिम भुकम्पपिडितका लागि उक्त राहत हस्तान्तरण गरेको जनाएको छ ।

राहत बितरणका क्रममा सिद्धापाई यातायात प्रा.लि.का अध्यक्ष ध्रुव थापाले संकटको घडीमा संयूक्त यातायात ब्यावसायी सधै पिडितहरु संगै रहने बताए । उनले भने अहिले प्रारम्भिक चरणमा सबैको ध्यान त्रिपाल बितरणमै रहेको छ । छानो संगै खानाको पनी एकदमै आवश्यक रहेको जानकारी पाएपछी हामीले पिडितहरुलाई खाद्यन्न सहयोग गर्ने निणर्य गरेका हौ ।

उनले भने सरकारले राहत बितरमा देखाएको सक्रियता खासै चित्त बुझदो छैन । नागरिकको सुरक्षा, जिवन रक्षा, स्वास्थ्य, गास, बास र कपासको लागि यथासक्य योजना बनाओस र नागरिकलाई सरकार भएको आभाष दिलाओस ।