भुकम्पका घाईतेहरुको स्वास्थ्यउपचारका लागि गुराँस गाँउपालिकाले स्वास्थ्यकर्मी परिचालन गर्ने

भुकम्पमा परि घाईते भएकाहरुको उद्धार तथा स्वास्थ्य उपचारका लागि दैलेखको गुराँस गाउपालिकाले स्वास्थ्यकमी परिचालन गर्ने भएको छ । गाउपालिकाले एक प्रेस बिज्ञप्ती जारी गर्दै सो को जानकारी दिएको छ । गुराँस अस्पतालका मेडिकल डाक्टर नभिता कँडेल भारतिको नेतृत्वमा स्वास्थ्य टोली परिचालन गर्ने गाँउपालिकाका अध्यक्ष टोपाबहादुर बिसीले जानकारी दिए ।

लाईका खबरको टेलिफोन सम्बादमा उनेले भने यो समय भनेको बाहिरकाले सहयोग गर्ने र प्रभाबित हरुले आफुलाई सम्हाल्ने बेला हो । हामी भुकम्पबाट घाईतेको उद्धार र प्रभावीतहरुलाई सहयोग गर्न सधै तत्पर छौ र लागिरहने छौ । यसका लागि आम समुदायलाई आफुले सकेको सहयोग गर्न समेत अपिल गर्दछौ ।

कार्तिक २७ गते जाजरकोटको बारेकोट गाँउपालिका रामीडाँडा केन्द्रबिन्दु बनाएर राती ११ः४७ मा ६.४ रेक्टर स्केलको भुकम्प गएको थियो । भुकम्पमा जाजरकोट सहित रुकुम पश्चिम नराम्रारी प्रभावित बनेको छ ।