भुकम्पमा परी जाजरकोटमा ३६ र रुकुम पश्चिममा ३५ जनाको मृत्यू


गएराती ११ः ४७ बजे जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पमा परि दुई जिल्लामा ठुलो संख्यामा मानविय क्षेत्ती भएको प्रहरीले जनाएको छ ।
अहिलेसम्म जाजरकोटमा ३६ र रुकुम पश्चिममा ३५ गरेर कम्तीमा पनि ७१ जनाको मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।

मृत्यू हुनेमा रुकुम पश्चिमको आठविसकोटमा एकैघरका ६ जना समेत रहेका छन् भने जाजरकोटमा नेपाली काँग्रेसबाट निर्वाचित नलगाड नगरपालिका जाजरकोटकी उपप्रमुख सरिता सिंहको समेत मृत्यू भएको छ ।

गएराति जाजरकोट केन्द्रविन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो ।