सुर्खेत र दैलेखको सीमाना पर्ने टोट्नाउलामा भब्य मेला

गाेपाल शर्मा, कोजाग्रत पूर्णीमाको अवसरमा आज कर्णालीका बिभिन्न ठाउँमा मेला लगाइएको छ । त्यसैगरी कर्णाली प्रदेशकाे राजधानी सुर्खेत र दैलेखको सीमाना पर्ने टोट्नाउलामा पनि भब्य रूपमा मेलाकाे अायाेजना गरिएकाे छ । सुर्खेतको चिङ्गाड गाँउपालिका र दैलेखको गुराँस गाउँपालिकाको सीमाना टोट्नाउलामा हरेक बर्ष पूर्णिमाको दिनमा मेला लाग्ने गर्दछ ।

प्रत्येक बर्ष बडादशैँअन्तर्गत शुक्ल चतुर्थीको साँझदेखि कोजाग्रत पूर्णिमासम्म मेला लाग्ने गरेको भएपनि पछिल्ला बर्षहरुमा पुर्णिमाको दिनमा मात्रै मेला लाग्ने गरेको हो। दुई जिल्लाको सीमानामा लाग्ने र वडादशैँको अवसरमा लाग्ने भएकोले यो मेलामा धेरै नागरिकहरूकाे उपस्थिती रहेकाे हुन्छ । अहिले मेला समिति गठन नगरे पनि सुरक्षा ब्यबस्था भने कडा पारिएकाे थियाे।