मनाङ एयरको हेलिकप्टर लोबुचेमा दुर्घटना

मनाङ एयरको हेलिकप्टर शनिबार बिहान करिब सवा सात बजे सोलुखुम्बुको लोबुचेमा दुर्घटनामा परेको छ । हेलिकप्टरमा पाइलट प्रकाश सेढाइ मात्रै रहेको र उनी सुरक्षित रहेका मनाङ एयरले जनाएको छ ।

मनाङ एयर स्रोतका अनुसार हेलिकप्टर नाम्चेबजारतर्फ जाँदै थियो । दुर्घटनामा पाइलटको अवस्थाबारे औपचारिक रूपमा जानकारी आइनसकेको मनाङ एयर स्रोतले बताएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार पाइलट सेढाइलाई फिस्टेलको हेलिकप्टर मार्फत राजधानीको ह्याम्स हस्पिटल लुक्ला पुर्‍याइएको छ ।