सुर्खेत बसपार्कमा यात्रुहरूको भिड

सुर्खेत, २७ असोज । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर बसपार्कमा घर जानका लागि टिकट काट्नेहरुको घुइँचो देखिन थालेको छ । बिहानै देखी मानिषहरू घर जानका लागि टिकट काटन लामबद्द भएका छन् । हिन्दुहरुको महान चाड बिजया दशमी तथा दिपावली निजकिए संगै बसपार्कमा यात्रुहरूकाे चाप बढी देखिएकाे छ ।

दशै मनाउनका लागि राेजगारीका लागि भारत जाने तथा अध्ययनका लागि काठमान्डाै लगाएतका ठुला शहरहरूमा जाने बिद्यार्थीहरू घर फर्किेने भएका कारण पनी बसपार्कमा यात्रुहरूकाे चाप बढेकाे अनुमान लगाउन सकिन्छ ।

सधैका बर्षहरूमा जस्तै याे बर्ष पनी यात्रुहरूकाे चाप बढेकाे छ । दशै र तिहार नजिकिएसंगै यातायात ब्यावसायीहरूले बिभिन्न स्थानका बसपार्कहरूमा टिकट बुकिगं खुल्ला गरिसकेका छन् ।