
हमासले हानेको ग्रिनेड नेपाली विद्यार्थी विपिन जोशीले टिपेर उतै फालिदिए । १७ जना नेपाली बसेको कोठामा आएको मिसाइल जोशीले नफालेको भए सबै मर्ने थिए । तर हाल विपिन जोशी हाल सम्पर्कविहीन छन् । हमासले विपिनलाई लगेको इजरायलबाट नेपाल फर्कनुभएका नेपाली विद्यार्थी बिबुशा अधिकारीले जानकारी दिनुभयो ।

हामिहरुलाई बचाउने रियल हिरोलाई जसरी भए पनि बचाउनु भन्दै उनिहरुले सरकारसँग आग्रह गरेका छन् । इजरायल सरकार र नेपालको तर्फबाट पूणर् सहयोग पाएको कारण आफूहरू सुरक्षित नेपाल आउन पाएको विबुशाले बताउछिन् ।सरकारले बिहीबार राति इजरायलबाट २५४ जना नेपाली नागरिकलाई उद्धार गरी आज बिहान नेपाल ल्याएको छ ।
उद्धारपछि आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुरा गर्नुहुँदै परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले इजरायलबाट नेपाल फर्कन चाहना राख्नुभएका पाँच सय तीन जनामध्ये दुई सय ५४ जनालाई नेपाल ल्याइएको र अन्यलाई पनि छिट्टै नेपाल ल्याइने जानकारी दिनुभयो । रियल हिरो बिपिन जसले हमासले हानेको ग्रिनेड टिपेर उतै फालेर १७ जना नेपाली साथी बचाएका थिए उनलाई पनि छिटै नेपाल ल्याउन उनका साथिहरुको सरकार संग आग्रह छ ।
