नेपाल निर्माण उद्योग परिषद कर्णाली प्रदेशको संयाेजकमा सुर्खेतका सुर्य बहादुर रावत मनोनित


नेपाल निर्माण उद्योग परिषदले कर्णाली प्रदेशको संयाेजकको जिम्मेवारी स्टार कन्ट्रक्सन सुर्खेतका संचालक सुर्य बहादुर रावतलाई दिएको छ ।

असोज २२ गते बसेको परिषदको बैठकले सो जिम्मेवारी दिएको परिषदका अध्यक्ष खोपनिधी लोहनीले जानकारी दिए । उनले भने उहाँले निर्माणका क्षेत्रमा राम्रो काम गर्नु भएको छ र धेरै जनालाई रोजगारी समेत दिनु भएको छ । त्यसैले हामीले कर्णालीमा उद्योग र निर्माणका क्षेत्रमा आवद्ध ब्यावसायीहरुका हक हितमा काम गर्ने गरि उनिहरुलाई संगठित गर्न उहाँलाई जिम्मेवारी दिएका हौ । उहाँ संगठन निर्माणमा राम्रो क्षमता भएको देखेर पनी हामीले सिंगो कर्णालीको जिम्मेवारी उहाँलाई सुम्पेका छौ र अब कर्णालीमा हाम्रो संगठन बलियो भएर जाने आशा पनी गरेका छौ ।

लाईका खबरको कुराकानीमा संयोजक सुर्य बहादुर रावतले भने यो जिम्मेवारीले मलाई उद्योग र निर्माण ब्यावसायका क्षेत्रमा काम गर्ने थप हौसल्ला प्रदान गरेको छ । अब मेरो पहिलो कामका रुपमा कर्णालीका हरेक जिल्लामा हाम्रो संगठनलाई बलियो र ब्यवस्थित बनाउने छु ।

कर्णालीका हरेक जिल्लामा छरिएर रहेका उद्योग र निर्माण ब्यावसायमा आवद्ध ब्यावसायीलाई गोलबद्ध गरी ब्यावसायीलाई आईपर्ने समस्या समाधानका लागि एउटा बलियो शक्ती निर्माण गर्ने छु ।