सुर्खेत होराईन एकेडेमीका प्रिन्सिपल खड्का “अन्तराष्ट्रिय स्कुल अवार्ड २०२३” बाट सम्मानित

वीरेन्द्रनगर ३ गन्डकीलाईनमा संचालनमा रहेको होराईजन एकेडेमीका प्रिन्सिपल घनश्याम खड्का अन्तराष्ट्रिय स्कुल अवार्ड २०२३ बाट सम्मानित भएका छन । थाईल्यान्डमा रहेको टेलर्स यूनिभर्सिटीले बिश्व भरका बिद्यालयबाट सहभागी बनाई उत्कृष्ट योजनाका साथ बिद्यालय संचालन गरिरहेका प्रिन्सिपललाई यो अवार्ड दिने गरेको छ ।

यूनिभर्सिटीले हरेक बर्ष बिद्यालय उत्कृष्ट योजना बनाई बिद्यालयमा पठन पाठन गराईरहेका प्रिन्सिपलहरुलाई सहभागी गराई उनिहरुको योजना र उत्कृष्ट ब्यवस्थापनका साथ कक्षा संचालन गरेको आधारमा अन्तराष्ट्रिय स्कुल अवार्ड दिने गरेको छ । टेलर्स यूनिभर्सिटीले शिक्षा क्षेत्रमा थप हौसल्ला प्रदान गर्न र आफ्नो सम्पुर्ण समय बिद्यार्थीहरुको भविष्य बनाउन अहोरात्र खटिएका प्रिन्सपललाई थप जिम्मेवार बनाउन यो अवार्ड प्रदान गरिएको बताएको छ । यूनिभर्सिटीले भनेको छ “यो एउटा बिद्यालयलाई कसरी उत्कृष्ट बनाउने भन्ने प्रतिष्प्रधा हो । यसमा प्रिन्सिपलले कसरी बिद्यालय संचालन गरिरहेका छन र उनिहरुको योजना के छ त्यो खुलाएर प्रतिष्प्रधामा सहभागी हुनुपर्ने हुन्छ । यो अवार्डले प्रिन्सिपलहरुलाई आफ्नो बिद्यालय र बिद्यार्थीहरुलाई अरुको तुलनामा कसरी राम्रो बनाउ सकिन्छ भन्नेकुरामा होडबाजी गराईदिएपछी अब हरेक प्रिन्सिपलले आफ्नो बिद्यालयलाई उत्कृट बनाउनका लागि नयाँ योजना बनाउने छन र त्यसले बिद्यार्थीहरुलाई प्रत्यक्ष लाभ पुग्ने छ” ।

अन्तराष्ट्रिय स्कुल अवार्ड २०२३ बाट सम्मानित भएका प्रिन्सिपल घनश्याम खड्काले भने “यो अवार्डले थप जिम्मेवारी त बनायो नै हामी देश तथा बिदेशमा ठुला ठुला बिद्यालयहरु कसरी संचालन भैरहेका छन भन्नेकुराको समेत सिकाई भएको छ” । अवार्ड प्रदान गर्ने टेलर्स यूनिभर्सिटीलाई धन्यबाद दिदै उनले भने “यो सफलता मेरो मात्रै नभएर सिंगो बिद्यालय परिवारको हो । बिद्यालय संचालनको योजना बन्यो, योजना कार्यान्वयमा बिद्यालय परिवार जुट्यो, बिद्यार्थीहरु सक्रियताका साथ नयाँ सिकाईमा सहभागी भए, अबिभावकले हाम्रो शिक्षण सिकाई योजना अनुसार सहयोग गरे र आज यो सफलता प्राप्त भयो । अब यो योजनाबाट थप अनुभव हाँसिल गर्दै बिद्यालय र बिद्यार्थीहरुको पठन पाठनलाई कसरी सहज, सरल र उत्कृष्ट बनाउन सकिन्छ भनेर थप क्रियाकपाल र योजनाहरु बनाईने छ ।”