दुर्गा प्रसाईँलाई काठमाडौंमा दलियो कालो मोसो


काठमाडौं, २२ असोज । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई काठमाडौंमा कालो मोसो दलिएको छ । काठमान्डौको जमलस्थित होटेल अगाडी उनिमाथि नेकपा एमाले निकट युवा संगठन राष्ट्रिय युवा संगठनका कार्यकार्ताले कालोमोसो दलेका हुन् । यस अघि प्रसाईँले होटल एल्लो पगोडामा पत्रकार सम्मेलन राखेका थिए ।

पत्रकार सम्मेलन सकेर बाहिरिने क्रममा उनीमाथि कालोमोसो दलिएको हो । प्रसाईँले पत्रकार सम्मेलनका क्रममा विभिन्न व्यक्तिमाथि गाली गलौज गरेका थिए । प्रसाईँ विगत केही समयदेखि अराजक शैलीमा प्रस्तुत हुँदै आएका थिए । कालोसोसो दलेपछि ती व्यक्तिहरुले केपी ओली जिन्दावाद, महेश बस्नेत जिन्दावाद लगायतको नारा लगाएर निस्केका थिए ।