डिजिटल डिभाइसका कारण बालबालिकाको आँखामा समस्या

डिजिटल डिभाइसका कारण बालबालिकाको आँखामा धेरै समस्याहरु देखीरहेको छ । हरेक वर्ष अनिवार्य एक पटक बालबालिकाको आँखाको जाँच गर्नुपर्छ । अहिलेको डिजिटल युग हो । दिनदिनै नयाँनयाँ प्रविधि विकसित भइरहेका छन् । मोबाइल, कम्प्युटर, ल्यापटप, टेलिभिजन, ट्याब्लेटको प्रयोग बढ्दो छ । इन्टरनेटको बढ्दो विकाससँगै यसको प्रयोग सहरदेखि गाउँसम्मै पुगेको देखिन्छ । यी सामग्रीको प्रयोग बालकदेखि वृद्धसम्म हरेक उमेरका मानिसले गरिरहेका छन् । यसको धेरै प्रयोगले हरेक उमेरका मानिसलाई असर गर्ने चिकित्सकको भनाइ छ । फलस्वरुप अहिले धेरैजसो बालबालिका चस्मा पहिरिएका देखिन्छन् ।

अभिभावकहरूले अहिले साना-साना बालबालिकाको हातमा मोबाइल वा ल्यापटप दिने गरेका हुन्छन् । पछिल्लो समयमा हामीले आँखाको दृष्टि गुमाइरहेका छौं । हाम्रो आँखा प्रतिदिन कमजोर हुदै गईरहेको छ । यसको सबैभन्दा बढी असर त साना बालबालिकामा परेको छ । जो बिहान उठ्नसाथ मोवाइल, ल्यापटप, कम्प्युटरमा तल्लिन हुन्छन् ।

साना बालबालिकालाई धेरै मोबाइल, ल्यापटप दिँदा त्यसले कस्तो असर गर्दछ ?
अहिले साना बालबालिका कतिपय अनलाइन क्लासहरु लिने भएकोले मोबाइल फोनलगायतका डिभाइसमा बढी झुण्डिने गरेको पाईन्छ । भिडियो गेम, मोबाइल तथा कम्प्युटर लगायतका आधुनिक ग्याजेटको प्रयोगका कारण बालबालिको आँखा बिग्रिएको छ । हामीले बच्चा स्कुल जानु भन्दा अगाडि आँखा जाँच गराउनु पर्दछ । बच्चाहरूमा आँखा पहिचान गर्नु भन्दा अगाडि दृष्टि देख्ने शक्ति कम छ र त्यो हुँदा हुँदै यस्ता डिभाइसहरु प्रयोग गर्यो भने त्यसले झन् असर गर्दछ धेरै बेरसम्म बिहानदेखि बेलुकासम्म अनलाइन बस्यो भने बच्चाको आँखा रातो हुने, माड्ने हुन्छ। धेरै समय यस्तो भयो भने आँखा बांगो वा टेढो जस्तो देखिने हुन्छ । त्यसको लागी बच्चाहरुको आँखामा भिजन चेक गरेर मोबाईल र कम्प्युटर धेरै प्रयोग गर्ने बच्चाहरुलाई चस्मा लगाईदिनुपर्छ ।

बालबालिकाको आँखाको समयमा नै उपचार गरिएन भने पछि कस्तो जोखिम हुन्छ ?
बच्चाहरूको आँखा प्रत्येक वर्ष जाँच गर्नुपर्दछ। नर्सरी क्लासमा पढ्दादेखि नै आँखाको भिजन चेक गर्नु पर्दछ । कतिपय बच्चाको आँखा चिलायो र रातो भयो भने पढ्न ध्यान दिँदैन । त्यहि आँखा धेरै चलाएर बस्छ । त्यसको समयमा उपचार गराइएन त्यस्तै छोड्यो भने पछि गएर बच्चाको आँखा नै बाङ्गो हुनसक्छ । त्यसैले ५ देखि १५ वर्षको बच्चाहरूको प्रत्येक वर्ष भिजन जाँच गर्नु पर्दछ ।