इस्लामिस्ट समूह हमासले इजरायलमाथि गरेको आक्रमणमा १० नेपालीहरूको मृत्यु

इस्लामिस्ट समूह हमासले शनिबार इजरायलमाथि गरेको आक्रमणमा परी १० जना नेपालीहरूको पनि मृत्यु भएको छ । परराष्ट्र मन्त्रालय उच्च स्रोतका अनुसार गाजा क्षेत्रको फार्ममा काम गर्ने नेपालीहरूको मृत्यु भएको हो ।
सुदुर पश्चिम बिश्वबिद्धालय कृषि विज्ञान संकाय पढ्ने १० जना विद्यार्थीको मृत्यु भैसकेको छ । अझैं ३९ जना विद्यार्थी जाेखिममा रहेर बसिरहेका छन ।

इजरायलमा ” Learn and Earn” कार्यक्रम अन्तर्गत चितवनको AFU , सुदूरपश्चिम विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयबाट कृषि, पशु विज्ञान र वन संकायमा अध्ययन गर्न गएका विद्यार्थीहरु मध्ये १७ जना नेपाली बिद्यार्थीहरु काम गर्ने किवुज कम्युनिटीको एक कृषि फार्ममा प्यालेस्टाइनी विद्रोही समूह हमासले आक्रमण गरेकाे थियाे ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको र सबै बिद्यार्थीहरु सुदूरपश्चिम विश्वविद्यालय कृषि संकाय अन्तर्गत (टिकापुर बहुमुखी क्याम्पस) का रहेको जानकारी आएको छ !