भारतमा नेपालकी मेनुकाको बेजोड प्रस्तुतिले जज भावुक, जितिन् ‘गोल्डेन माइक’

नेपालकी मेनुका पौडेलले भारतीय गायन रियालिटी शो ’इन्डियन आइडल सिजन १४’ मा आफ्नो प्रस्तुति दिएर गाेल्डेन माइक जितेकी छन् । उनले ’तुम्हारे बिना हमारे कोनो नहीँ’ बोलको गीत गाएकी थिइन् । मेनुकाले जजबाट ‘स्ट्यान्डिङ ओभेसन’ मात्र नभएर ‘गोल्डेन माइक’ समेत प्राप्त गरेकी छन् ।

उनले गीत गाउँदा निणर्ायक कुमार सानु, विशाल ददलानी र श्रेया घोषाल भावुक भएका थिए । उनीहरुले आफूलाई सम्हाल्न सकेनन् । जजहरु कुमार सानु, श्रेया घोषाल र विशाल ददलानीले आँसु समेत बगाएका थिए । जज ददलानीले त भगवानलाई अघि देखिरहेको भन्दै मेनुकाको गीतको प्रशंसा समेत गरेका थिए । उनको प्रस्तुतिले यतिबेला सामाजिक सञ्जालमा तारिफ बटुलिरहेको छ ।

मेनुकाले ’नेपाल आइडल’ र भारतको रियालिटी शो ’सारेगमप’ मा पनि भाग लिएकी थिइन् । उनी ’सारेगमप’ को टप ११ बाट बाहिरिएकी थिइन् ।