सल्यानमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु,


सल्यानमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा परी तुलसीपुर उपमहानगरपालिका-६ निवासी ३१ वर्षीया सुमित्रा सुनार र सल्यान त्रिवेणी गाउँपालिका-६ की ४० वर्षीया अनिता बोहराको मृत्यु भएको हो ।

तुलसीपुरबाट सल्यानको जयचौर जाँदै गरेको ना ६ ख ५४६३ नम्बरको बस कपुरकोट गाउँपालिका-३ मूलपानीनजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । दुर्घटनामा १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख नवीन कार्कीले जानकारी दिए । घाइतेलाई प्रादेशिक अस्पताल तुलसीपुर पठाइएको पनि उनले जानकारी दीएका छन् ।