सुर्खेतका भाईरल वडाध्यक्ष बिनोद सिंह विष्ट रिहा


सुर्खेतमा कुनै समय ब्यापक चर्चामा रहेका वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष बिनाेद सिंह बिष्ट रिहा भएका छन् । उनलाई बिहीबार उच्च अदालत सुर्खेतले पाँच लाख धरौटी राखेर छाड्न आदेश दिएको छ ।

काम गरेको रकम जफत गरेको भन्दै उपभोक्ता समितिले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएपछी प्रहरीले पक्राउ गरी मुद्धा अगाडी बढाएको थियो । सोही आरोपमा जिल्ला अदालत सुर्खेतले विष्टलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । जिल्ला अदातलको उक्त आदेश विरुद्ध विष्ट उच्च अदालत पुगेका थिए ।

उनिसंगै पुर्पक्षका कारागार चलान भएका सुशील गुरुङ भनिने प्रेम गुरुङ बाट चार लाख र बलिराज शाहीबाट २ लाख धरौटी राखेर छाडन आदेश दिएको छ ।