दैलेखमा लाेपउन्मुख राउटे समुदायलाइ राहत वितरण

दैलेख । दैलेखकाे भैरबी गाउपालिकामा लाेपउन्मुख राउटे समुदायलाइ राहत वितरण गरिएकाे छ । भैरवी गाउँपालिका वडा नं २ रावतकाेटमा रहेका नेपालको एकमात्र फिरन्ते राउटे समुदायलाई आदिवासी जनजाती उत्थान रास्ट्रीय प्रतिष्ठानका तर्फबाट राहत सामग्रीहरु खाध्यन्न, दाल, चामल, पाल, कपडा तथा कम्मल बितरण गरिएको छ । उक्त कायक्रममा प्रतिष्ठानका उपाध्यक्ष गोकुल घर्तीमगरको उपस्थितिमा स्थानीय निर्बाचित जनप्रतिनिधिहरु, कर्णाली प्रदेश मुख्य सचिब खगेन्द्र पुन, जिल्ला प्रहरी कार्यलय दैलेखका डिएसपी किशोर लम्साल, भैरबी गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत लगायत विभिन्न ब्याक्तित्वहरुको उपस्थिती रहेकाे प्रतिष्ठानले जानकारी दिएकाे छ।

राहत बितरण कार्यक्रमलाइ सहजीकरण गरेका डम्मर गरंजाले लाेपउन्मुख राउटे समुदाय संकटबाट गुज्रीरहेकाे जानकारी प्राप्त भएपछी उनलाइ दैनिक जिवन यापनमा सहज हाेस भन्नका लागि राहत बितरण गरिएकाे जानकारी दिए । उनले भने अब चिसाे समय सुरू हुन लागिसकेकाे छ । जंगलमा बसीरहेका समुदायलाइ चिसाेबाट बच्नका लागि न्यानाे कपडा हस्तान्तरण गरेका छाै ।

कार्यक्रममा सहभागी भैरवी गाउपालिका उपाध्यक्ष देवी भण्डारीले गाउँपालिकामा बसाेबास गरीरहेका र संकटबाट गुज्रिरहेका राउटे समुदायलाइ दैनिक जिवन सहजिकरणका लागि सहयाेग गर्ने प्रतिष्ठान र सहभागी सबैलाइ धन्यवाद दिनुभएकाे थियाे।