रिगललाई आममाफी बिरुद्ध सर्वोच्च पुगेकी भारती बेहोस, वीर अस्पताल लगियो

काठमााडौं । श्रीमान् चेतन मानन्धरका हत्यारा रिगल भनिने योग ढकाललाई आममाफी दिने राष्ट्रपति रामचन्द्र पौडेलको निणर्यविरुद्ध अनसन थालेकी भारती मानन्धर सर्वोच्च परिसरमा ढलेकी छन् । आममाफीविरुद्ध उनले दायर गरेको रिटको सर्वोच्चमा आज पहिलो पेशी थियो ।

तारिख लिएर फर्किने क्रममा सर्वोच्च परिसरमा बेहोस भएर ढलेपछि उनलाई उपचारका लागि वीर अस्पताल लगिएको छ । भारतीलाई उपचारका लागि अस्पताल लगिएको सर्वोच्च स्रोतले जनाएको छ ।

न्यायका लागि नेपालगञ्जबाट काठमाडौं आएकी भारतीले माइतीघरमा रिले अनसन थालेकी छन् । उनी आज २ घण्टा अनसन बसेकी थिइन् । नेपाल प्रेसमा समाचार छ