बालकको मृत्युु पछि दैलेखकाे खिड्किज्युलामा पनी स्थानीयको अबरोध, राजमार्ग बन्द

बिरेन्द्रनगरमा दैलेखको आठबिस नगरपालिका छ खिड्किज्युलाका पाच बर्षका बालक दिग्दर्शन पुरिको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको २९ घन्टा बित्दा पनि दुर्घटना गराउने ब्यक्ति पक्राउ नगरेको भन्दै खिड्कीज्युलामा कर्णाली राजमार्ग बन्द गरिएको छ ।


आन्दोलनरत आफन्तहरुले वीरेन्द्रनगरमा बिरोध गरिरहेका छन र दोषीलाई कारवाहीका माग गरिरहेका बेला खिडकीज्यूलाका स्थानीयबासी समेत आन्दोलनमा उत्रिएका छन् । दोषीलाई पक्राउ नगरेसम्म सडक नखुलाउने भन्दै उनिहरुले आन्दोलन सुरु गरेका हुन ।


“यहाँ अहिले सयौंको संख्यामा गाडी रोकिएका छन ।“ स्थानीय दिल बहादुर थापाले भने, “दुबै तर्फका गाडी संचालन पुर्ण रुपमा बन्द छ भने बजार पनि बन्द छ ।“