सृजना सानाकिसान कृषि सहकारी जहरेको १२ औ साधारणसभा सम्पन्न

दिलिप ढकाल सुर्खेत असोज १३

साना किसानको सम्बृदी,कृषिको रुपान्तरण र उध्धमशिलाताको बिकास भन्ने लक्ष सहित संचालनमा रहेको भेरिगंगा नगरपालिका ९ जहरे बजारको सानाकिसान कृषि सहकारी सस्थाको १२ औ साधारण सभा सम्पन्न भएको छ। माबि सानोजात्रिको बिद्यालय प्राङ्गनमा दिउसो १२ बजे पछि सुरु भएको साधारण सभा कार्यक्रम साँझ सम्म संचालन भएको थियो।

कार्यक्रममा संचालक समितिको तर्फबाट सस्थाको अध्यक्ष बिष्णु कुमारी रोकायले बार्षिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो भने सस्थाकी प्रबन्धक शोभा रेग्मी पोखरेलले साधारण सभामा आर्थिक प्रतिबेदन २०८० प्रस्तुत गर्नु भएको थियो। हाल सस्थामा १८६ वटा समुह ,९४६ जना सेर सदस्य,४२३ जना ऋणी,अन्तर समूह संख्या ९,संचालक समिति सदस्य ११ ,लेखा समिति ३,पशु बिमा उप समिति ५ र कर्मचारी संख्या ४ जना रहेको सहकारीको विवरणमा उल्लेख गरिएको छ।

कार्यक्रममा सहकारी बाट ऋण लिएर भैसी तथा बाख्रा पालनको लागी ऋण लिएर कृषि कर्म गरिरहेका कृषकलाई बाल्टी बाटा तथा कुकुरा पालन गरेका कृषकलाई दाना तथा पानि खुवाउने भाडा वितरण गरिएको थियो। यस्तै कार्यक्रममै बाल बचत गरेका सदस्यलाई पुरस्कार वितरण गरिनुका साथै २०७९ असार देखि हाल सम्म सुत्खेरी भएका महिला हरुको लागी पोषण भत्ता वितरण गरिएको थियो।

सस्थाले निरन्तर बचत कर्ता तथा जेष्ठ सदस्यलाई सम्मान गर्नुका साथै सस्था बाट टनेल लिएर कृषि गरिरहेका सदस्यहरुलाई तरकारीको बिउबिजन पनि बतरण गरेको थियो। कार्यक्रममा सस्थाकी सस्थापक अध्यक्ष तथा ९ वडाकी वडा सदस्य गंगा रोकाय,साना किसान कृषि सहकारी सस्था लाटीकोईलि सुर्खेतकी अध्यक्ष शान्ति सिंह,८ नम्बर वडाका वडा अध्यक्ष पुसे कामि लगाएतले स्वागत मन्तब्य राखेका थिए।

सस्थाकी अध्यक्ष बिष्णु कुमारी रोकायको अध्यक्षता,साना किसान बिकास लघुवित्त वित्तीय सस्था लिमिटेड शाखा कार्यालय बिरेन्द्रनगर सुर्खेतका शाखा प्रबन्धक हरि प्रसाद न्यौपाने प्रमुख अतिथि ,कर्णाली प्रदेश कृषि सहकारी संघ संयोजक शेर बहादुर परियार बिशिस्ट अतिथि,भेरिगंगा नगरपालिका ८ नम्बर वडा अध्यक्ष पुसे कामि,चित्र प्रसाद रेग्मी मुख्य प्रबधक साना किसान कृषि सहकारी सस्था लिमिटेड उत्तरगंगा,शान्ति सिंह अध्यक्ष साना किसान कृषि सहकारी सस्था लिमिटेड लाटीकोईली बिशेष अतिथि,एवंम ९ नम्बर वडा का वडा सदस्य इश्वर पोख्रेल तथा गङ्गा रोकाय ,जहरे बजार ब्यबस्थापन समितिका सध्यक्ष बलबहादुर ओली ,भेरिगंगा नगरपालिका उद्योग बिकास शाखा प्रतिनिधि सुनिता जैसी ,भेरिगंगा वडा नम्बर ८ का पूर्व वडा अध्यक्ष पदम खत्री, माबि सानोजात्री बि व्य स अध्यक्ष गणेश बिक, प्रहरी चौकी जहारेका प्रमुख टंकेश्वर भट्टराई, पुर्बी सुर्खेतका साना किसान कृषि सहकारीक प्रतिनिधि तथा प्रमुख एवं शेर सदस्यको उपस्थिति रहेको थियो। कार्यक्रम संचालन सस्थाका कर्मचारी ललित खत्रीले गर्नु भएको थियो।