मुगुमा समिट एयरकाे दादागिरी, नेतालाई हात डक्टरलाई लात

मुगुमा समिट एयरले दुइ हप्ता अगाडीनै टिकट काटीसकेका १६ जना डक्टरलाइ उडान नदिएकाे पाइएकाे छ । एयरलाइन्सले डाक्टरकाे समुहलाइ राेकेर नेतालाइ बाेकेर उडेकाे छ ।

डाक्टरहरु आजै बिरामीको शल्यक्रिया गर्नका लागि नेपालगंज जान लागेकाे तर समिट एयरले आफुहरूलाइ राेकी माओवादी नेताहरूलाई चढाएर नेपालगञ्ज उडेकाे बताएका छन् ।

डाक्टरहरुले दुई हप्ताअघि नै आउन र जानेकाे लागि (टु वे) को टिकट काटिसकेका थिए । १६ जना डक्टरकाे समुहलाई राेकेर माओवादी नेताहरूलाई प्राथामीकता दिएपछी त्यसकाे चाैतर्फी बिराेध भएकाे छ । नेताहरू र एयरलाइन्सकाे दादागिरीका कारण जनताहरूले धेरै दु ख पाउने पनि उनिहरूले गुनासाे गरेका छन् । संगै टिकट काटेका १६ जना मध्य पाँच जनालाई लिन नसकिने बताएपछि उनिहरूले बिराेध स्वरूप काेहि पनि नगएकाे जानकारी दिएका छन् ।

डक्टरहरूलाइ पछी पार्दै एयरमा उड्ने नेताहरु नेकपा (माओवादी केन्द्र) का उपमहासचिव मात्रीका यादवसहित कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही, प्रदेश अध्यक्ष विमला केसी, धर्मराज शाह र प्रकाशबहादुर शाही रहेका छन् ।