चामलको बोरामा ब्राउनसुगर लुकाउने २ जना पक्राउ


बिर्तामोड, असोज ९ गते । चामलको बोरामा लुकाएर झापाबाट काठमाडौँ पठाउन लागेको झण्डै १० ग्राम ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार बेलुकी करिब सवा ५ बजे शिवसताक्षी नगरपालिका-११ स्थित दुधेबाट शिवसताक्षी-१ का दुई युवकलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी खगेन्द्रप्रसाद रिजालका अनुसार साकिरा यातायात प्रालिको काउन्टरमा प्र. १-०१-०१३ प ६५८१ नम्बरको स्कुटरमा काठमाडौँ पठाउन चामलको बोरा बोकेर आएको प्रहरीको भनाइ छ ।

२९ वर्षीय साजन राई र ३५ वर्षीय सुन्दर लावतीलाई इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले ९ ग्राम ७७० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।