सल्यानमा घाँस काट्दा भिरबाट खसेर एक युवकको मृत्यु


विरेन्द्र बुढा, सल्यान । सल्यानमा भैंसीलाई घाँस काट्न गएका एकजना पुरुषको मृत्यु भएको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका-१ बालुवासंग्रही नजिकै मंगलबार बिहान घाँस काट्न गएका अन्दाजी ४५ वर्षीय दिपक कामीको घाँस काट्ने क्रममा भिरबाट खसेर मृत्यु भएको हो । बिहान साढे ६ बजे उनि घरभन्दा केहि तलतिर घाँस काट्न गएका थिए । घाँस काट्ने क्रममा चिप्लिएर भेरी करिडोर सडकमा खसी उनको घटनास्थलमै ज्यान गएको स्थानियहरुले बताएका छन् । अहिले घटनास्थलमा प्रहरी चौकी बालुवासंग्रही र इलाका प्रहरी कार्यालय देवस्थलबाट प्रहरी टोली पुगेको छ ।