
तुलसीपुर- काठमाडौंबाट सुर्खेत आउँदै गरेको यात्रुवाहक रात्रिबस दुर्घटना हुदा २५ जना घाईते भएका छन् । बस पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाङको, लमही नगरपालिका-९ शिवखोलामा दुर्घटना भएको हो । कर्णाली प्रदेश०२-००१ख ०३६२ नम्बरको यात्रुवाहक बस बिहान दुर्घटना भएको र घाइते यात्रुहरूको लमही अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक रामबहादुर केसीले बताए । बसमा ४५ जना यात्रु सवार थिए । के-कति कारणले दुर्घटना भयो भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । नेपाल लाइभमा समचार छ ।
