गुर्भाकोट १ नम्बर वडा कार्यालय र स्वास्थ्य केन्द्रको भवन सानो पिपल नजिकै निर्माण हुने

दिलिप ढकाल सुर्खेत

स्थानिय तहको निर्बाचन भएको ६ बर्ष सम्म पनि वडा कार्यालय बन्ने ठाउको समेत टुंगो नलागेको गुर्भाकोट एक नम्बर वडा कार्यालयको भवन निर्माण हुने स्थानको
अन्तत टुंगो लागेको छ ।

गुर्भाकोट नगरपालिका नगर प्रमुख हस्त पुन, १ नम्बर वडाका वडा अध्यक्ष राम बहादुर शाही ,राजनीतिक दलका प्रतिनिधि,सामाजसेवी तथा एक नम्बर भित्त्रका स्थानीयको उपस्थितिमा कार्यालय बन्ने ठाउको अवलोकन गरिएको थियो। अवलोकन पछि भएको छलफलमा वडा कार्यालय बन्ने स्थानको टुंगो लागेको हो। एक नम्बर वडा कार्यालय सँगै आधारभूत स्वास्थ्य केन्द्रको भवन पनि निर्माण हुने भएको छ। वडा अध्यक्ष राम बहादुर शाहीका अनुसार छिट्टै प्राबिधिक नापजाच गरि हप्ता दिन भित्रै वडा कार्यालय तथा स्वास्थ चौकीको भवन निर्माणको काम सुरु हुने छ।

सबै प्रक्रिया पुरा गरे तत्काल काम सुरु गर्ने र यहि आर्थि बर्ष भित्र भवन निर्माणको कम सम्पन्न गर्ने लक्ष रहेको अध्यक्ष शाहीको भनाई छ। हाल वडा कार्यालय र स्वास्थ्य चौकी भाडाको घरमा संचालनमा रहेका भने वडा कार्यालय र स्वास्थ्य केन्द्रले मासिक १८,००० भाडा तिर्दै आएका छन्।