मुगुको सदरमुकाम गमगढीमा आगलागी


मुगुको सदरमुकाम गमगढी बजारमा आगलागीका कारण ६ घर नष्ट भएका छन् । कालिका मालिका मन्दिरदेखि उत्तरतर्फका गमगढी बजार क्षेत्रमा गए राति साढे १ बजे बाट सुरु भएको आगलागी ४ बजे मात्रै नियन्त्रणमा आएको हो । छायाँनाथ रारा नगरपालिका वडा नं २ भित्र पर्ने बजारमा आगलागी भएको हो । स्थानीय पुतली शाहीको घरबाट सुरु भएको आगलागीमा परी ५ वटा घर पुर्ण रुपमा क्षति भएका छन् भने लाखौँ रकम बराबरका धनमाल क्षति भएको छ ।

गए राति साढे १ बजे बाट सुरु भएको आगलागी अहिले ४ बजेतिर मात्रै प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको प्रयासमा आगो नियन्त्रणमा लिएका छन् । मध्यरातमा अचानक आगो के कसरी लाग्यो ? भन्ने बिषयमा अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । यसको थप बिवरण आउन बाँकी छ ।