गुर्भाकोट नगरपालिका स्वास्थ्य शाखा प्रमुख पूर्ण घर्ति द्वारा पदभार ग्रहण

सुर्खेत, गुर्भाकोट नगरपालिकामा स्वास्थ्य शाखाको शाखा प्रमुख पूर्ण घर्तिले पदभार ग्रहण गरेका छन् । नगरपालिकामा एक कार्यक्रमको आयोजना गरि घर्तिले आफ्नो पदभार ग्रहण गरेका हुन् । नगर प्रमुख ,उप प्रमुख ,प्रमुख प्रशासकीय अधिकृत,बिभिन्न वडाका वडा अध्यक्ष,शाखा प्रमुख कर्मचारीको उपस्थितिमा घर्तीले स्वास्थ्य शाखाको जिम्मेवारी समालेका हुन् ।

तत्कालिन जनस्वास्थ अधिकृत महेश पुरी सेवा निबृत भएपछी महिनौ देखि प्रमुख बिहिन बनेको स्वास्थ्य शाखामा जनस्वास्थ्य निरीक्षक (अधिकृतस्तर छैटौ )घर्तिले स्वास्थ्य शाखा प्रमुखको जिम्वेवारी समालेका छन् । नगर कार्यपालिकाको बुधवार बसेको बैठकले गुमी स्वास्थ्य चौकीका प्रमुख पूर्ण घर्ति लाई शाखा प्रमुख बनाउने निर्णय गरेको थियो। यता शाखा प्रमुखको जिम्मेवारी समालेका घर्तीले आफ्नो पदको ख्याल गरि जिम्मेवारी पुरा गर्ने बताएका छन् ।