गुर्भाकोट नगरपालिकाको सामाजिक परिक्षण तथा सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न

सुर्खेत, असोज ४ । पुर्बी सुर्खेतको गुर्भाकोट नगरपालिकाले सामाजिक परिक्षण तथा सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । २०७४ सालको स्थानिय तहको निर्बाचन भएको ६ बर्षमा पहिलो पटक नगरपालिकाले सार्बजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको हो । गुर्भाकोट नगरपालिका ८ सिटि हलमा दिउसो १२ बजे पछि सुरु भएको कार्यक्रम अपरान्ह ४ बजे सकिएको थियो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पूर्ण बहादुर खत्रीले नगरपालिकाले सम्पन्न गरेका काम,नगरपालिकामा आएको बजेट,खर्च भएको शिर्षक,बेरुजु,फिर्ता भएको रकम,नगरपालिकाको आगामी योजनाको बारेमा चर्चा गर्नु भएको थियो । कार्यक्रममा सहभागीले शिक्षा, स्वास्थ्य,खानेपानी,बाटोघाटो,पुल पुलेसा,कृषि,रोजगारी लगाएतका अन्य थुप्रै बिषयमा प्रश्न गरेका थिए ।

कार्यक्रममा सहभागीले लम्पीस्किन रोगले सैयौ किसानका पसुपंक्षी मरेको तथा बिरामी हुदा नगरपालिकामा खबर गर्दा पनि खोपको कुनै ब्यबस्था नभएको ,नगरपालिका बाट वडामा बिनियोजन भएको बजेट बाट उपभोक्ता समिति मार्फत काम हुने तर तेही कम पनि बिचौलिया मार्फत हुने देखिएकाले त्यस्ता काममा नगरपालिकाले किन अनुगमन नगरेको , नगरले सिप मुलक तालिम दिने तर पछी त्यो सिप सिक्ने व्यक्तिले सिप लाई सदुपयोग गरे नगरेको निरीक्षण नगरेको,बास्तबिक किसानको मर्का नबुझेको,१ नम्बर र ६ नम्बर वडा कार्यालयको भवन निर्माणमा ढिलाई,नगरपालिका बाट हुने सार्बजनिक सुचना लक्षित वर्ग सम्म नपुगेको ,गुर्भाकोट ४ र ५ जोड्ने पक्कि पुल सिलन्यास भएको ६ वर्ष हुदा पनि निर्माणको काम ज्यादै न्यून भएको,नगरपालिकाको बेरुजु ३२ करोड बढी पुग्दा पनि बेरुजु घटाउन कसैले पहल नगरेको लगाएत बिभिन्न पक्ष तथा शाखा सँग सम्बन्धित प्रश्नहरु गरेका थिए।

कार्यक्रममा उठेका प्रश्नहरुको गुर्भाकोट नगरपालिका नगर प्रमुख हस्त पुन र प्रमुख प्रशासकीय अधिकृत पूर्ण बहादुर खत्रीले जावाफ दिनु भएको थियो। उहा हरुले कतिपय काम हरु गर्दा गर्दै पनि पुरा हुन् नसकेको तथा पुरा गर्ने कोसिसमा रहेको ,कतिपय कामहरु (वडा कार्यालय भवन निर्माण )का लागी सहमातिका खोज्नु पर्त्ने र कतिपय काममा स्वयम जनताले पनि झकझक्याउनु पर्ने तथा नगरपालिका एवं वडाका जनप्रतिनिधिलाई भेटेर सचेत गराउनु जस्ता प्रश्न सँग सम्बंदित पर्ने जवाफ दिनु भएको थियो। गुर्भाकोट नगरपालिका को आयोजना एवं चिया मिडिया एण्ड टेक्नोलोजिको सहजीकरणमा सामाजिक परिक्षण तथा सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा नगर प्रमुख हस्त पुन ,उप प्रमुख मैना बिक,प्रमुख प्रशासकीय अधिकृत पूर्ण बहादुर खत्री, बिभिन्न शाखाका शाखा प्रमुख,१४ वटै वडाका अध्यक्षहरु , वडा सदस्य एवं कार्यपालिका सदस्य,स्वास्थ्य चौकी प्रमुख ,राजनीतिक दलका प्रतिनिधि ,समाजसेवी,बुद्दिजीबी,ब्यापारी लगाएतको उपस्थिति रहेको थियो।