
सल्यान , असाेज ,४ । सल्यानमा ग्यास चुल्होबाट जले भनिएका आमा छोरीको आगाे लगाएर हत्या भएको पुष्टि, भएकाे छ । भदाै ३० गते बिहान त्रिवेणी गाउँपालिका २ मा ३२ वर्षीय रेवती थापा र उनकी ९ महिनाकी छोरी ऋतुको शव फेला परेको थियो। आफ्नै घरको कोठामा उनीहरूको शरीर आधा जलेको अवस्थामा फेला परेको थियो।

अनुसन्धानको क्रममा उनीहरूको हत्या भएको पुष्टि भएको हो । उनीहरूको हत्या गरी आरोपीले प्रमाण लुकाउन कोठामा आगो लागेर मृत्यु भएको देखाउन आगजनी गरेको खुलेको जिल्ला प्रहरीले बताएको छ । हत्यामा संलग्न एक जनालाई प्रहरीले पक्राउ समेत गरिसकेको छ। याे हत्या नै हाे ‘हत्यामा संलग्न व्यक्तिलाई हामीले पक्राउ गरिसकेका छौं,’ ती प्रहरी अधिकारीले भने, ‘पक्राउ परेका व्यक्तिले घटना स्वीकार गरिसकेका छन्।
उनले पत्रकार सम्मेलन गरी आमा-छोरीको हत्यामा संलग्न व्यक्ति र हत्याको कारण सार्वजनिक गर्ने बताएका छन् । ‘घटना शंकास्पद देखिएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पनि यसमा सहयोग गरिरहेको थियो। आमा छोरी उक्त घरमा बस्दै आएका थिए । रेवतीका श्रीमान शुकबहादुर थापा रोजगारीको सिलसिलामा छिमेकी देश भारतमा थिए । श्रीमती र छोरीको हत्याको खबरपछि उनी निशब्द भएर घर फर्किएका छन्।

