नारायणी नदीमा डुबेर एकै परिवारका दुई बालकको मृत्यु


पूर्वी नवलपरासीको गैँडाकोटस्थित नारायणी नदीमा डुबेर एकै परिवारका दुई बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार सोमबार दिउँसो नवलपुरको गैँडाकोट नगरपालिका- ७ स्थित नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा गैँडाकोट- ७ गैरी बस्ने सुमन कुमालका छोराहरू १४ वर्षीय सबिन कुमाल र ९ वर्षीय संगम कुमाल रहेका छन् ।

पानीमा डुबेर बेपत्ता भएको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गैँडाकोटबाट गएको प्रहरी र स्थानीयले खोजी गर्दा दुबैजनालाई उद्धार गरी उपचण्णरको लागि नयाँ मेडिकल कलेज भरतपुर चितवन पठाएकोमा आज दिउँसो ४ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ।