आज दर खाने दिन बास्तबमा दर भनेको के हो

शाब्दिक रुपमा दरो या बलियो भन्ने बुझिने दर शब्द हाम्रा अधिकांस चाडपर्बको पुर्ब सन्ध्यामा आउने शब्द हो । भोलि पल्ट दिन व्रत या पुजा अर्चना गरेर मात्र खाना खान पाउने भएको अबास्थामा राती अडिलो खाना खाएर सुत्ने सके सम्म ढिलो खाना खाएर सुत्ने चलन थियाे । यहि चलन अहिले आएर दर नामाकरण भएकाे हो । तिजको दर खाने दिन भोलीको कठिन ब्रतलाई आजको दरले भ्याउनु पर्ने हुन्छ । किन भने भोलीको व्रत केबल व्रत मात्र नभई दिनभरीको नाचगान ,कुराकानी ,पुजापाठ अनि रमाइलो पनि हो । यसरी नारीहरुलाई एक ठाउमा भेला भएर रमाईलो गर्दै मध्यरातमा बसेर मिठा मिठा परिकार खाने चलन नै दर हो ।

दरको कुरा गर्दा सामान्यतया पकवानहरुमा ढकने ,आलुदाम , आलु कबाफ,दुध,कुराउनी ,फलफुल मिठाई ,लगाएतका अडिला कुराहरु खाने चलन छ । अझ बिबाहित चेलीको लागि त दरको महत्व बास्तबमै अगाध स्नेहमहि हुन्छ । माईतीको निम्तोमा दर खान पुगेको चेलीहरु आजको दिन आमा या भाउजुहरुको स्नेहमा लुटुपुटिदै उपरखुट्टि लगाएर घरको कुनै सुर्ता नराखी खाने रमाउने चलन छ । हुन त आजभोली एक महिना अगाडीनै दर खाने रमाईलो गर्ने चलन बढ्दो छ । तर तिज भन्दा एक दिन अगाडि चाहिँ हाम्रो परम्परागत दर खाने चलन रहि आएको छ । तिज एउटा संस्कार मात्र नभैइ सभ्यता हो । यसलाई नारीबादी चाडको रुपमा पनि हेर्ने गर्छन तर आखाको डिल अनि मनको भित्ता खोलेर हेर्ने हो भने तिज नारी र पुरुषको समानता अनि लैङ्गिक समानताको उत्सब पनि हो ।

आमा ,छोरी ,सासू ,बुहारी ,आमाजु , दिदी ,बहिनी , लगाएत , सम्पुर्ण महिला नातागोताहरुको साझा चौतारीको रुपमा तिजलाई लिन सकिन्छ । बौद्धिक हिन्दु सनातन परम्परा , संस्कार तथा महिला सौभाग्यको प्रतीक स्वरुप रातो सारी छड्के तिलहरी लगनको पोते लगाएतका गर गहाना र राताे बस्त्र पहिरीएर तिजको दिनमा निराहार व्रत लिएर मठमन्दिर टोल छिमेकमा भेलाभइ नाचगान गदै रमाईलो गर्ने चलन रहेकाे छ । जे होस आज दरखाने दिनको नेपालि दिदी बहिनी दाजु भाइ सबैलाई शुभकामना । हामी सबै जनाको परिवारको सु स्वास्थ्य अनि दिर्घायु कायम होस । भने जस्तो जीवन साथी पाईयोस अनि सम्पुर्ण दिदिबहिनीहरुको सौभाग्य अटल रहोस ।