ब्राजिलमा विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु

ब्राजिलमा विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । ब्राजिलको अमेजोन राज्यको राजधानी मनौसको विमानसस्थलबाट उडान भरेको विमान ४ सय किलोमिटरको दूरीमा रहेको बार्सिलोसमा दुर्घटना भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
सानो आकारको विमानमा चालक दलका दुई सदस्य र १२ जना यात्रु थिए । खराब मौसमका कारण विमान दुर्घटना भएको अनुमान छ । तर, यकिन कारण खुलिसकेको छैन, अनुसन्धान भइरहेको बीबीसीले जनाएको छ ।