
भाद्र ३०, सल्यान । सल्यानमा ग्यास चुलो लिक भएर आगलागी हुँदा एकैघरका आमा छोरीको मृत्यु भएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका २ धामिढुंगा स्थिति शुक बहादुर थापाको घरमा ग्यास चुलोबाट आगलागीमा परि ३२ वर्षीया रेवती थापा र उनकी ९ महिने छोरी ऋतु थापाको ज्यान गएको छ जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । हिजो साँझ खाना खाएर सुतेका उनिहरु बिहान अबेरसम्म नउठेपछि स्थानीयले ढोका खोलेर हेर्दा जलेको अवस्थामा फेला पारेका हुन् । ग्यास चुलोको आगो सुति रहेको बिस्तारामा सल्कीयपछि जलेर उनिहरुको मृत्यु भएको स्थानीयले जनाएको छ । अहिले घटनास्थलमा प्रहरी पुगीसकेकाे र घटनाबारे अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता गोपाल श्रेष्ठले बताएका छन् ।
