
कुशेऔसी अर्थात बुवाको मुख हेर्ने दिन । सो दिनलाई हरेक नेपालीले आ-आफ्नै तरिकाले मनाउने गरेका छन् । सुर्खेतको दोभान बोर्डिगं स्कुलले प्रशान्ति बृद्धाश्रममा खाद्यसामग्री बितरण गरेर कुशे औशी मनाएको छ ।


वीरेन्द्रनगर ४ भैरवस्थानमा संचालनमा रहेको स्कुल अन्र्तगत रहेको सोसल सर्भिस क्लव अन्र्तगत सो सहयोग हस्तान्तर गरिएको सो बिद्यालयका सस्थापक प्रिन्सिपल राजेन्द्र शर्माले बताए । कुशेऔशीका दिन बिद्यालयमा अध्ययनरत सम्पुर्ण बिद्यार्थी, शिक्षकहरु सहभागी भएका थिए ।



