कर्णाली प्रदेश अस्पताल कालागाउँमा मुटुरोग विशेषज्ञ सेवा सुरु


कर्णाली प्रदेश अस्पताल कालागाउँमा मुटुरोग विशेषज्ञ सेवा सुरु भएको छ । दिनप्रतिदीन नयाँ नयाँ सेवा सुविधा दिदै आएकाे कालागाउँ अस्पताल सुर्खेतले फेरी पनि नयाँ सेवा प्रदान गरेकाे छ । अस्पतालले केही दिन अघिबाट मुटुरोग सम्बन्धी विशेषज्ञ सेवा पनि सञ्चालनमा ल्याएको हो । अस्पतालका निर्देशक डा. डम्बर खड्काले मुटु रोग सम्बन्धि समस्या बढ्दो क्रममा देखिएकाले यो सेवा सुरु गरेको बताएका छन् ।

विरामीलाई सहज र प्रभावकारी सेवा प्रदान गर्ने उदेश्यले मुटुरोग सम्बन्धि ओपिडी सेवाको सुरुवात गरेको पनि उनले जानकारी दिए । मुटु रोग सबै उमेर समूहका मानिसमा लाग्ने डा.खड्कालले बताए । खड्काका अनुसार पछिल्लो समय मुटु रोगको समस्या बोकेर बसेका युवाको संख्या पनि निकै धेरै छ । २५ बर्षभन्दा कम उमेरका तन्नेरीसमेत मुटु रोगको जोखिममा परेका छन् । सुर्खेतमै मुटु रोगको विशेषज्ञ सेवा सुरू भएपछि अब उपचारका लागि बाहिर जानु पर्ने बाध्यताको अन्त्य हुने विश्वास अस्पतालले लिएको छ ।