दार्चुलाका वडा सचिव बैतडीमा मृत अवस्थामा फेला


धनगढी – दार्चुलाका एक वडा सचिव बैतडीमा मृत अवस्थामा फेला परेका छन् । शैल्यशिखर नगरपालिका-२ का वडा सचिव खेमराज कपाडी मृत अवस्थामा फेला परेका हुन् । २८ वर्षीय कपाडी बैतडीको दोगडाकेदार गाउँपालिका-५ सल्सेनामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

आइतबार बिहान तालिमका लागि मोटरसाइकलमा डडेल्धुरा हिँडेका कपाडीको शव आज सडकबाट दुई सय मिटर र मोटरसाइकल एक सय ५० मिटर तल फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।