नेपाल डाेरितान संघ गुर्भाकाेटकाे अध्यक्षमा दाेर्ण हमाल

नेपाल डाेरितान संघ गुर्भाकाेट नगरपालिका स्तरिय कार्यसमितिको अध्यक्षमा दाेर्ण हमाल निर्वाचित भएका छन् । गुर्भाकोट नगरपालिका वडा नम्बर ८ स्थित सुर्यज्योति माध्यमिक विद्यालयको प्राङ्गनमा सम्पन्न भएको कार्यक्रममा हमाल अध्यक्षमा निर्बाचित भएका छन् ।

यसै डाेरितान संघ गुर्भाकाेटको उपाध्यक्षमा सुरेश राेकाय, सचिव दिपेन्द्र चन्द, कोषाध्यक्ष रबिन्द्र चन्दरा, सदस्यहरु मिलन सुनार, यज्ञ बहादुर रास्काेटी, ज्ञानेन्द्र गीरी, वीरेन्द्र गीरी, तेज बहादुर बुचा, मिलन सुनार, सुमन विक र वासिन्टन घर्ती चयन भएका छन् ।

यस्तै सल्लाहकारमा वीर बहादुर साेनी र रमेश कुमार पुन चयन भएको डाेरितान संघ कर्णाली प्रदेश समिति काेषाध्यक्ष हरिलाल खड्काले जानकरी दिनु भयो । डाेरितान संघ सुर्खेतका अध्यक्ष बल बहादुर खत्रीको अध्यक्षता, डाेरितान संघ कर्णाली प्रदेश समिति काेषाध्यक्ष हरिलाल खड्का प्रमुख अतिथि, नगरशिक्षा युवा तथा खेलकुद शाखा गुर्भाकाेट प्रतिनिधि खगेन्द्र माझी विषेश अतिथि, एवं खेलकुद विकास समिति गुर्भाकाेटका उपाध्यक्ष वीर बहादुर साेनीको अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।