पत्रकार चिन्तामणी कंडेलद्धारा एक लाख बढीको अक्षयकोष स्थापना

सुर्खेतबाट पत्रकारिता गरिरहेका पत्रकार चिन्तामणी कंडेलले आफ्नो जन्मदिनको अवसर पारेर रु. ११११११ (एक लाख एघार हजार एक सय एघार) रुपैयाको अक्षयकोष स्थापना गरेको घोषणा गरेका छन् । उनले अक्षयकोषको नाम “चिन्तामणी कंडेल क्रियाशिल पत्रकार अक्षयकोष” राखिएको बताएका छन् ।

नेपाल प्रेस यूनियन सुर्खेतको तिज सद्धभाव कार्यक्रममा शुभकामना दिन पत्रकार महासंघको हलमा पुगेका कडेंलले सो कार्यक्रममा सबैले केक काटेर जन्मदिनको शुभकामना ब्यक्त गरेपछी उक्त राशी बराबरको अक्षयकोष स्थापना गर्ने घोषण गर्नुका साथै चेक समेत हस्तान्तरण गरेका थिए ।

उनले भने “मैले पत्रकारीता गर्न थालेको १८ बर्ष भयो । यो अवधिमा खाली पेट हिडेर समाजलाई सु–सुचित गर्ने पत्रकारको पिडा नजिकै बाट नियालेको छु । पत्रकारको पिडा के हो ? आँखै अगाडी देखेको छु र भोगेको पनी छु । अहिले कसैको बाउ आमाले पनी आशिर्वाद दिँदा तँ राम्रो पत्रकार भएस भनेर भन्दैनन । समाजमा खवरदारी गरेर आफ्नो ज्यान दाउमा राख्ने पत्रकारहरुलाई प्रोत्साहन होस भन्नका लागि पनी मैले यो अक्षयकोष स्थापना गरेको हुँ” ।