बर्दियाबाट भ्रमणटोली लिएर गएको बस बाँकको सम्शेरगन्जमा दुर्घटना, सातको मृत्यु, २५ घाइते

बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं. ९ बाट भ्रमणटोली लिएर गएको बस बाँकेमा दुर्घटनामा परेको छ । भ्रमण सकेर ठाकुरबाबातर्फ फर्किँदा बस दुर्घटना भएको हो । बस दुर्घटनामा मृत्यु भएका र घाइतेहरुको परिचय खुल्न सकेको छैन । पूर्व-पश्चिम राजमार्ग अन्र्तगत बाँकेको सम्शेरगन्जमा राष्ट्रिय निकुञ्जमा पर्ने नेपाली सेनाको चेक पोष्ट नजिकै दुर्घटना भएको थियो । दुर्घटनामा ४ जना पुरुष र ३ जना महिला गरी ७ जनाको मृत्यु भएको र २५ जना घाइते भएको प्रहरीले जनाएको छ ।

बाँकेको राप्तीसोनारी गाउँपालिका-८ सम्शेरगन्ज नजिकै पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ७ ख २३२१ नम्बरको बस ना ८ ख ६४०५ नम्बरको ट्रकमा ठोकिएर दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ । घाइतेहरुको कोहलपुर स्थित शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ भने मृतकहरुको शव पनि सोही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।