सुर्खेत लिटिल फ्लावर माविमा तिज बिशेष कार्यक्रम सम्पन्न

सुर्खेत भदौ २२

गाँउ घर देखि सहर बजारमा नेपाली महिलाहरूको महान् चाड हरितालिका तीजको रमझम बढ्दै गर्दा भेरिगंगा नगरपालिका वडा नम्बर ९ मा संचालित सुर्खेत लिटिल फ्लावर एकेडेमीले तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ । भेरिगंगा नगरपालिका नगर उप- प्रमुख धनसरा बोहराले तिज विशेष कार्यक्रमको उद्घाटन गर्नु भएको हो। कार्यक्रममा सुभकामना मन्तब्य राख्दु उप प्रमुख बोहोराले तिजलाई हरेक दिदिबहिनीहरुले तडकभडक र कसैको देखासिखी नगरी आफ्नो दक्षनुसार राम्रोसँग मनाउन आग्रह गर्नु भएको थियो।

कार्यक्रममा महिलाहरूलाई आत्मनिर्भर बनाउन नगरपालिकाबाट दिइने स्वरोजगार तालिमहरूका बारेमा जानकारी दिँदै उप- प्रमुख बोहराले महिलाहरूलाई निडर हुन प्रेरित गर्नु भएको थियो । साथै उहाले सबैभन्दा पहिला आफू सशक्त र स्वस्थ बन्नु पर्ने बताउनु भयो । कहिलेकाहीँ आत्मनिर्भर र शिक्षित हुँदाहुँदै पनि नसोचेको घटना घट्ने हुँदा महिलाका समस्याहरू महिला समूहमा पुग्यो भने ठुलै दुर्घटनाबाट बच्न सकिने भन्दै महिला समूहको धेरै महत्त्व रहेको उहाको भनाई थियो । कार्यक्रममा मौलिक प्रचलित सँगिनी भाकामा महिला समूहका सदस्यहरूले नारी मनका विरहलाई नृत्य सङ्गै प्रस्तुत गरेका थिए ।

विद्यालयको आफ्नै प्राङ्गणमा आयोजना गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथि नगर उपप्रमुख धनसरा बोहरा, कर्णाली प्रदेश प्याप्सनका सह सचिव मोतीराम गिरी , लगायत सम्पूर्ण बिध्यार्थी हरु र अभिभावकहरुको उपस्थिति एवं सुर्खेत लिटिल फ्लावर एकेडेमीका प्रिन्सिपल कृष्ण शर्माको अध्यक्षतामा तिज विशेष कार्यक्रम सम्पन्न भएको हो ।