सामाजिक परिक्षण तथा सार्बजनिक सुनुवाई गर्दै गुर्भाकाेट नगरपालिका

पुर्बी सुर्खेतको गुर्भाकोट नगरपालिकाले सामाजिक परिक्षण तथा सार्बजनिक सुनुवाई कार्यक्रम सन्चालन गर्ने भएको छ । नगरपालिकाले एक सुचना जारी गर्दै यस्तो जानकारी दिएको हो । सामाजिक परिक्षण तथा सार्बजनिक सुनुवाई कार्यक्रम असोज ४ गते बिहान ठिक १० बजे सिटिहल खैरेनीमा हुनेछ । कार्यक्रममा १४ वटै वडाका वडा अध्यक्षहरु एवं कार्यपालिका सदस्यहरु, राजनैतिक दलका प्रमुख एवं प्रतिनिधि, उद्योग बाणिज्य संघका प्रमुख एवं प्रतिनिधि, पत्रकार महासंघका प्रमुख एवं प्रतिनिधि, उपभोक्ता समितिका अध्यक्ष, टोल बिकास सस्थाका अध्यक्ष, नागरिक समाजका प्रतिनिधि तथा स्थानीय बुद्दिजिबी एवं सम्पूर्ण गुर्भाकोट नगरवासी लाई उपस्थितिको लागि अनुरोध गरिएको छ ।